Olympic Day run -2017 in Nepal

27th June, 2017

Olympic Day run -2017 in Nepal

ओलम्पिक डे रन विशेष : अब कराते पनि ओलम्पिक खेल (रोचक भिडियो सहित) June 23, 20170 Share on Facebook Tweet on Twitter केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ असार । तस्बिर – दीपेन्द्र रायमाझी लामो प्रयासपछि पहिलोपटक ओलम्पिक खेलकुदमा औपचारिक रूपमा समावेश हुन लागेको छ । आज जून २३ तारिख, अर्थात्, विश्व ओलम्पिक डे रन । ओलम्पिक अभियानमा आबद्ध जति पनि देश छन्, ती सबैमा आज सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटीहरूको अगुवाइमा ‘ओलम्पिक डे रन’ सम्पन्न भइरहेको छ । यो डे भनेको सबैका लागि खेलकुद र बिना भेदभाव खेलकुदमा सबैको सहभागिता हुनुपर्छ भन्ने सन्देश बोकेको दिवस हो । साँचो कुरा त के हो भने ओलम्पिक डे रन वास्तवमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को जन्मदिन हो । धेरै वर्ष पहिले जून २३ सन् १८९४ मा आइओसीको स्थापना गर्ने प्रस्ताव पारित भएको थियो । पछि सन् १९८७ को जून २३ देखि आइओसीको ‘बर्थ डे’ मनाउने परम्परा बसाल्न ओलम्पिक डे रनको थालनी भएको थियो । तर यो वर्षको ओलम्पिक डे रन विशेष भएको छ, खासगरी त्यो खेलसित सम्बन्धित खेलाडी र खेलप्रेमीहरूका लागि जुन खेल आउँदो टोक्यो ओलिम्पक खेलकुदमा समावेश गरिने भएको छ । हो, कराते खेल लामो प्रयासपछि पहिलोपटक ओलम्पिक खेलकुदमा औपचारिक रूपमा समावेश हुन लागेको छ । कराते खेलाडी र कराते खेलप्रेमीहरूका लागि यो ऐतिहासिक क्षण सिर्जना हुन लागेको समय आउँदो सन् २०२० मा आयोजना हुने टोक्यो ओलिम्पक्स हो । यही कारणले गर्दा यतिबेला संसारभरका कराते खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूमा बेग्लै उत्साह र उमङ्ग छाएको छ । ठुलो प्रयास र लामो समयदेखि देख्दै आएको सपना अब आएर पूरा हुन लागेकाले उनीहरु अत्यन्त खुसी छन् । ओलम्पिक खेलकुदमा पहिलोपटक अफिसियल स्पोटर््सका रूपमा कराते भित्रिएको खुसियालीमा जापानदेखि नेपालसम्मका कराते खेलाडीहरूले ओलम्पिक डे रनका अवसरमा विविध कार्यक्रम गरेका छन् । टोक्यो ओलम्पिक्स–२०२० मा करातेसहित बेसबल÷सफ्टबल, स्केटबोर्ड, स्पोटर््स क्लाइम्बिङ र सर्फिङ गरी पाँच खेल समावेश हुन लागेका हुन् । नेपालमा अन्य प्रदर्शनका अतिरिक्त कराते खेलाडीहरूले केक काटेर यो खुसी एकआपसमा सेयर गरे । विश्वभरका कराते खेलाडीहरू जापानको ओकिनावा टापुलाई पवित्र तीर्थस्थल मान्दछन् । किनभने यही त्यो ठाउँ हो जहाँबाट आधुनिक करातेको जन्म र विकास भएको थियो । सन् १८७९ मा जापानी साम्राज्यको हिस्सा बन्नुअघिदेखि नै यो टापु दक्षिण–पूर्वी एसियाको व्यापारिक हब जस्तै थियो । स्थानीय बासिन्दाहरू चोर, लुटेरा र डाकूहरूको आक्रमणबाट बच्न बिना हतियारको युद्धकला सिक्न चाहन्थे । उनीहरूले यो कला भारत, चीन, मंगोलिया, तिब्बत, नेपाललगायत देशबाट गएका बौद्ध भिक्षु र व्यापारीहरूबाट सिक्दै रहे । त्यही ताका तत्कालीन जापानी सम्राटले हतियार राख्न वा लिएर हिँड्न प्रतिबन्ध लगाइएदिए । यस्तो स्थितिमा लुटेराहरूबाट ओकिनावावासीहरूले आफूले सिकेको सेल्फ डिफेन्स कलालाई अझ विस्तृत रूपमा सिके र त्यसलाई प्रयोगमा पनि ल्याए । यही कला पछि गएर ‘कराते’ खेलका रूपमा विकसित भयो । जापानी भाषामा ‘कारा’ को अर्थ हुन्छ खाली र ‘ते’ को अर्थ हात भन्ने हुन्छ । हतियार बिना नै खाली हात खेलिने हुँदा यस खेलको नाम नै कराते रहन गएको हो । आत्मरक्षाको कला भएकाले यसलाई खेल नभनेर मार्सल आर्ट भािएको हो । फुनाकोशी गिचिनलाई आधुनिक करातेको जन्मदाता मानिन्छ । उनले नै ओकिनावा करातेलाई विभिन्न नियम र सूत्रहरूमा बाँधी आधुनिक स्वरूप दिएका हुन् । फुनाकोशीको मृत्युपछि उनका शिष्यहरूले करातेलाई खेलको रूपमा विस्तार गरे र करातेमा विभिन्न प्रतियोगिताहरू आयोजना गर्न सुरु गरे । यससँगै उनका विशिष्ट शिष्यहरूले आफूलाई ओकिनावा करातेबाट अलग गराउँदै आआफ्ना शैलीका नयाँ कराते स्टाइल पनि विकसित गर्न थाले । यही क्रममा सोतोकान, गोजुरियो, सितोरियो, वादोरियो, क्योकुसिन, वादोकाई, गोजुकाईसमेत विभिन्न नाम र स्टाइलका कराते अस्तित्वमा आए । करातेमा नन–कन्ट्याक्ट, लाइट कन्ट्याक्ट र फुल कन्ट्याक्ट गरी तीन शैलीमा खेलाडीहरूले प्रतियोगितामा भिडन्त गर्छन् । नन–कन्ट्याक्ट शैलीमा खेलिने खेललाई अफिसियल कराते भनिन्छ र यही करातेलाई आइओसीले मान्यता दिएको हो । यही अफिसियल कराते नै टोक्यो ओलम्पिक्स–२०२० मा समावेश हुन लागेको हो । सितोरियो, सोतोकान, गोजुरियो, वादोरियोसमेत यीसँग मिल्ने नन–कन्ट्याक्ट कराते सबै अफिसियल कराते क्याटागोरीमा पर्दछन् । यसैगरी दक्षिण कोरियाली मार्सल आर्ट डब्लुटिएफ तेक्वानदो पनि नन–कन्ट्याक्ट मार्सल आर्ट स्पोर्ट्स हो र ओलम्पिक्समा पहिले नै प्रवेश पाइसकेको खेल हो । यसअघि धेरै पहिले एसियामा पहिलोपटक आयोजित ओलम्पिक्स अर्थात् सन् १९६४ मा टोक्योमा सम्पन्न ओलम्पिक्समा जापानकै विशेष प्रयासमा कराते खेललाई पनि समावेश गरिएको थियो, तर त्यतिबेला केवल प्रदर्शन खेलका रूपमा मात्र । कराते नेपाललाई पदक जिताउन सक्ने संभावना बोकेका कमै मात्र खेलमध्ये एक मानिन्छ । नेपालमा कराते विसं २०३९ सालसम्म प्रतिबन्धित थियो । त्यही वर्ष राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता पाएपछि यसको विकास र बिस्तार सुरु भएको हो । यस खेलमा छोटो समयमै नेपाली खेलाडीहरुले नसोचेको प्रगति गर्न थाले । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थाल्यो । एसियाली स्तरका प्रतियोगितामा नेपाली खेलाडीले पदक जित्न थाले । दक्षिण एसियाली खेलकुदमा नेपालले निकालेको निरन्तरको उत्कृष्ट नतिजाले करातेलाई नेपालको संभावनायुक्त खेलको पहिचान दिलाएको छ । सन् १९९९ मा नेपालमै भएको आठौं साफ गेम्समार्फत पहिलोपटक यस खेलका खेलाडीले दक्षिण एसियाली क्षेत्रको खेलकुद महाकुम्भमा प्रतिस्पर्धा गर्ने अवसर पाए । इस्लामाबादमा भएको नवौं साग, श्रीलंकामा भएको दशौं साग र ढाकामा भएको एघारौं सागमा पनि कराते खेलाडीहरुले स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम राखे । दुग्र्भायवश, पछिल्लोपटक भारतको गुवाहाटीमा भएको १२ औं सागमा कराते समावेश नै भएन । दक्षिण एसियाली क्षेत्रमा करातेको पावर हाउसको परिचय बनाएको नेपाली टिमले एसियाली खेलकुदमा पनि बेला बेलामा राम्रो नतिजा ल्याउने गरेको छ । सीता राई, सम्मरबहादुर गोले र बिमला तामाङले एसियाली खेलकुदमा पदक जितेर करातेमा नेपाली खेलाडीको क्षमता प्रर्दशन गरेका छन् । यसरी दक्षिण एसियाली र एसियाली खेलकुदमा पदक जितिसकेको नेपालको अबको लक्ष्य ओलम्पिक पदक हो । आगामी तीन वर्षपछि जापानमा सन् २०२० मा हुने ओलम्पिक खेलमा पहिलोपटक पदकहरूका लागि विभिन्न देशका खेलाडी भिड्नेछन् । यससँगै कराते खेलाडीहरू लागि चुनौती र अवसर दुवै थपिएका छन् । यसकारण अन्य देशमा जस्तै नेपाली खेलाडीहरू खुसी छन् । उनीहरूले विशेष कार्यक्रम गर्दै आफ्नो यो खुसियाली साटासाट गरेका छन् ।