22 International High School Karate Championship

14th June, 2017

22 International High School Karate Championship

नेपालको न्यु लिरा स्कुल २२ औं अन्तर्राष्ट्रिय हाइ स्कुल कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । न्यु लिराले १७ स्वर्ण जित्दै लगातार तेश्रोपटक च्याम्पियन बन्न सफल भयो ।
नेपाल कराते महासंघअन्तर्गतको हाइ स्कुल कराते केन्द्रीय कमिटीद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्णसाथ भारत दोश्रो भयो ।
विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अनुरुप राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको तीनदिने प्रतियोगितामा नेपाल र भारतका ८ सय खेलाडी विभिन्न ७९ स्पर्धामा प्रतिस्पर्धा गरेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।