हाइ स्कुल कराते सुरु

14th June, 2017

हाइ स्कुल कराते सुरु

नेपाल कराते महासंघअन्तर्गतको हाइ स्कुल कराते केन्द्रीय कमिटीको आयोजनामा २२ औं अन्तर्राष्ट्रिय हाइ स्कुल कराते प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपालबाट ४ सय ८० र भारतबाट ४ सय खेलाडीको सहभागिता रहेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । तीनदिने प्रतियोगितामा ७९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।